You are viewing the translated version of सूचना तथा सञ्चार प्रविधि प्रयोगमा सुरक्षा एवं विश्वसनीयता प्रत्याभूति.
Section 21
सूचना तथा सञ्चार प्रविधि प्रयोगमा सुरक्षा एवं विश्वसनीयता प्रत्याभूति
११.२१.१ नागरिकको सूचनाको गोपनीयता तथा वैचारिक स्वतन्त्रता लगायत अन्य मूल्यहरु प्रवर्द्धन गर्न समयानुकूल साइबर सुरक्षा नीति, निर्देशिका निर्माण गरी लागू गरिनेछ ।
११.२१.२ सूचना तथा सञ्चार प्रविधिको अवाञ्छित प्रयोगका साथै अनपेक्षित सूचना प्रवाह निरुत्साहित गर्न दूर सञ्चार कम्पनी तथा इन्टरनेट सेवा प्रदायकहरुलाई प्रशासनिक, प्राविधिक तथा अन्य उपाय अवलम्वन गर्नु पर्ने बाध्यकारी व्यवस्था गरिनेछ ।
११.२१.३ साइवर अपराधको अनुसन्धान तथा अभियोजन व्यवस्थामा यथोचित परिमार्जन गर्दै विद्युतीय कारोवार ऐनको पूर्ण कार्यान्वयन सुनिश्चित गरिनेछ ।